Logo

विप्लव र प्रकाण्डले बोके वीरजङ्गको शव



काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अन्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अन्त्येष्टि भएको हो ।

वीरजङ्गको मृत्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो । २८ असोजमा निधन भएका उनको शव स्वदेश ल्याई हिजो अन्त्येष्टि गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको शवलाई उनकै भाई विप्लव र नेकपा प्रवक्ता प्रकाण्डले बोकेका थिए ।

अन्त्येष्टिमा नेकपाका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थिए ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका वीरजङ्ग विगतमा माओवादीमा आवद्ध थिए । उनी मोहन वैद्य किरण पक्ष हुँदै विप्लव पक्षमा आवद्ध भएका थिए ।



प्रतिक्रिया दिनुहोस्