Logo

दुर्घटनामा एकको मृत्यु



इनरुवा, ३१ असोज । दुर्घटनामा परी सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २० वर्षीय मनिष रौनियार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१च ९५६४ नं को स्कारपियोले गएराति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रौनियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्