Logo

दम बढेपछि मोहन वैद्य अस्पतालमा, अक्सिजन दिएर उपचार



काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ ।
किरणलाई अक्सिजन दिएर उपचार भइरहेको बुझिएको छ । उनलाई केही दिन अस्पताल राखिने निकट स्रोतले जनाएको छ ।

पछिल्लो समय मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका महासचिव छन् । उनलाई माओवादी अध्यक्ष प्रचण्डको पनि गुरु मानिन्छ । किरण माओवादी जनयुद्धका बखत भारतमा पक्राउ परेका थिए ।

माओवादी फुट्दा उनले नेतृत्व गरेको दलले नेकपा माओवादी गठन गरेको थियो । उक्त दललाई नेकपा ड्यास माओवादी भनिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot