Logo

टुनामुना लगाएर गर्भ तुहाउन लागेको भन्दै देवले गरे भाउजुको हत्या



जनकपुर, ३१ असोज । भाउजुले आफ्नी पत्नीको गर्भ तुहाउन टुनामुना लगाउन खोजेको अन्धविश्वासमा देवरको मनमा अपराध कर्म जाग्यो । उनले भाउजुको हत्या गरे ।

यो घटना महोत्तरीको मडैकामा भएको हो । जहाँ ४२ वर्षीय सञ्जय कुमार झाले आफू जतिकै उमेरकी भाउजुको हत्या गरे ।

२७ असोजमा झाले ४२ वर्षीया शिलादेवी झाको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झाले बयानमा भाउजुले केरा खुवाएर आफ्नी पत्नी रिंकु देवी झाको गर्भ तुहाएर मार्न खोजेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्