Logo

कान्दहरस्थित सिया मस्जिदमा मारिएकाहरुको सामूहिक अन्त्येष्टि



कान्दहर, १ कार्तिक : अफगानिस्तानको दक्षिणी शहर कान्दहरस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि गरिएको छ। मृतकका आफन्तहरुको सक्रिय भूमिकामा उनीहरुको कान्दहरको चिहानमा सामूहिक अन्त्येष्टि गरिएको हो।

मृतकका आफन्तहरुले आफ्नो परम्परागत मान्यताअनुसार उनीहरुको शवलाई जमिनमुनि गाडेका हुन्। सबै मृतकका आफन्तहरु सामूहिक अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थित भएको अलजजिरामा खबर छ।

तालिवान विरोधी इस्लामिक स्टेट समूह आइएसले तालिवानको आध्यात्मिक शहरमा रहेको फतेमीह मस्जिदमा शुक्रबार साझ बम विस्फोट गराएको थियो। सरकारले विस्फोटमा ४७ मानिसको मृत्यु भएको बताएपनि अल्पसंख्यक मुस्लिम समुदाय सियाले मृतकको संख्या ६३ पुगेको बताएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्