Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौंः कर्ण



काठमाडौं, १ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बन्दीको रिहाइ, नागरिकताका लागि संविधान संशोधनलगायत माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “सरकारले बन्दी रिहाइ, नागरिकताका लागि संविधान संशोधन लगायत हाम्रा माग पूरा गर्छु भनेकाले समर्थन दिएका हौं । तर हाम्रा माग पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं ।” तराई मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा लोसपा कमजोर नभएको पनि उनले बताए । उनले भने, “चाडबाडका कारण पार्टी गतिविधि रोकिएका छन् । हामी पहिले जस्तो थियौं, अहिले पनि त्यस्तै छौं । हामी कमजोर भएका छैनौं ।”



प्रतिक्रिया दिनुहोस्