Logo

नेपाली टोलीलाई विमानस्थलमै खेलकुदमन्त्री महेश्वर गहतराजले गरे स्वागत



काठमाडौँ, १ कात्तिक: साफ च्याम्पियनसिपको उप-विजेता नेपाली फूटबल टोली स्वदेश आइपुगेको छ । कतार एयरको जहाजबाट आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा समेत उनले गरेका थिए । साथै, आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।टोलीलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’का पदाधिकारी लगायतले भव्य स्वागत गरे । नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।



प्रतिक्रिया दिनुहोस्