Logo

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते



नुवाकोट, १ कार्तिक । नुवाकोटको किस्पाङमा आज (सोमबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउनेक्रम जारी रहेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जनाएको छ । भाल्चेबाट काठमाडौं जाँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको थप जानकारी आउन बाकी रहेको जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot