Logo

प्रदेश सभासदस्य वीरबहादुर शाहीको दसैँ भत्ता दलितलाई



डोल्पा १ कात्तिक: जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा खर्च गर्ने उनले घोषणा गरेका हुन्।

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको सभासदस्य शाहीको भनाइ छ ।अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत बिद्यालयलाई उनले सहयोग गरेका थिए । जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको शाहीले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्