Logo

चीन-भारत सीमा विवाद: दुवै पक्षले सीमामा थप सेना खटाउने



बेइजिङ, १ कार्तिक : चीन र भारतले यही हिउँददेखि विवादित सीमामा थप सेना खटाउने भएका छन्। दुई देशबीच यसै हप्ता भएको १३ औं पटकको सैन्य बैठक असफल भएपछि दुवै पक्षले विवादित सीमामा थप सेना खटाउने भएका हुन्।

गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या सम्बन्धमा बसेको सो बैठक एकअर्काको दोषारोपणसहित निश्कर्षविहीन बनेको थियो।

सो बैठक निश्कर्षविहीन बनेपछि दुवै पक्षले यहि हिउँदयामदेखि विवादित सीमामा थप सेना पठाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोष्टमा समाचार छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम