Logo

आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक



मस्को, १ कार्तिक : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका लागि संयुक्त बैठक बोलाएका हुन्।

राष्ट्रपति पुटिनले रुसको तर्फबाट आगामी मंगलबार अमेरिका, चीन र पाकिस्तानसँग संयुक्त बैठक बोलाएको रुसको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘हाम्रो गुप्तचर एजेन्सीका अनुसार उत्तरी अफगानिस्तानमा मात्र करिब २ हजारभन्दा बढी आइएसका सदस्य छन्’ पुटिनले पूर्व सोभियत राज्यका नेतासँगको भिडियो सम्मेलनमा भनेका छन्, ‘यसको लागि अमेरिका, चीन र पाकिस्तानसँग हामीले जतिसक्दो चाडो अन्तरक्रिया गर्न जरुरी छ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्