Logo

आसियानद्वारा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय



सिंगापुर, १ कार्तिक : दक्षिण एसियाली मुलुकहरुको संगठन आसियानले शनिबार म्यानमारको सैन्य नेतृत्वलाई सम्मेलनबाट बहिष्कार गर्ने निर्णय गरेको छ। आसियानले यसै महिनाको अन्त्यमा आयोजना गरेको शिखर सम्मेलनबाट म्यानमारको सैन्य नेतृत्वलाई बहिष्कार गर्ने निर्णय गरेको हो।

यस महिनाको अन्त्यमा गैर राजनैतिक तवरबाट हुन लागेको सो सम्मेलनमा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय गरिएको आसियानले जनाएको छ।

म्यानमार सेनालाई सम्मेलनबाट बहिष्कार गर्ने आसियानको निर्णय ऐतिहासिक भएको र सो निर्णयले आसियानका सदस्य राष्ट्रहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुन नदिने सिद्धान्तको बचाउ भएको आसियानले जनाएको छ।

शनिबार बसेको आसियानको बैठकले आगामी महिना हुन लागेको आसियान बैठकमा म्यानमारमा सैन्य ‘कू’को नेतृत्व गर्ने सेना प्रमुखलाई समेत नबोलाउने निर्णय गरेको जनाएको छ।

आसियानका सदस्य राष्ट्रहरुको सम्मेलन यहि अक्टोबर २६ देखि २८ सम्म आयोजना गरिएको छ। ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, पिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम आसियानका सदस्य मुलुकहरु हुन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्