Logo

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया



काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् ।

विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् ।

अल्मुताइरी नेपाल बसाईंका क्रममा विवादमा आइरहे । बेला बेलामा खेल पदाधिकारीको नामै तोकेर असन्तुष्टि पोखे । उनीमाथि अनुशासनको कारबाहीस्वरुप सचेत गराउने निर्णय सम्म एन्फाले गरेको थियो ।

यसैगरी, नेपाली राष्ट्रिय फुटबल टोलीका भेट्रान खेलाडी रोहित चन्द पनि मालदिभ्सबाट सिधै इन्डोनेशिया पुगे । टोलीका अन्य सदस्य स्वदेश फर्कंदा रोहित भने फर्किएनन् । उनी इन्डोनेशियाबाट लिग खेल्छन् ।

 



प्रतिक्रिया दिनुहोस्