Logo

कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौँ, १ कार्तिक : कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज नेपालमा कोरोनाका ५ सय ९१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५ हजार ५ सय ६० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ६ सय ९७ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्