Logo

बङ्गलादेशमा मन्दिरमा तोडफोड र आगजनी, दुई हिन्दुको हत्या



एजेन्सी, १ कात्तिक । बङ्गलादेशमा दुईजना हिन्दु धर्मालम्बी पुरुषको हत्या भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ ।

हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । बङ्गलादेशको पूर्वी जिल्ला कुमिल्लामा हिंसा भड्कदा घटना भएको छ ।

मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । आक्रोशित भीडले हिन्दु मन्दिरहरुमा आक्रमण गरेको थियो ।

आक्रोशित मुस्लिम समुदायको आक्रमणबाट दुईजना हिन्दु पुरुष मारिएका छन् । २ सयको भीडले दक्षिणी शहर बेगमगन्जमा हिन्दु कमिटीका सदस्यहरुलाई कुटेर र धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरु १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।

शनिबार अर्का हिन्दु पुरुषको शव भेटिएको थियो । हिन्दुहरुमाथि आक्रमण हुन थालेपछि बङ्गलादेशमा त्रास बढेको छ । बङ्गलादेशको साँढे १६ करोड जनसंख्यामा हिन्दुहरु १० प्रतिशत छन् । यो झण्डै दुई करोड हुन आउँछ ।

प्रहरीसँग विभिन्न ठाउँमा आक्रोशित भीडको भिडन्तहरु भएका छन् । त्यस क्रममा प्रहरीले गोली समेत चलाएको छ ।



प्रतिक्रिया दिनुहोस्