Logo

इतिहास रचेको नेपाली फुटबल टोलीका प्रत्येक खेलाडीलाई ५ लाख



काठमाडौं, १ कात्तिक । साफ च्यापियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रति खेलाडी ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली फुटबल टोलीका प्रति खेलाडी ५ लाख रुपैयाँ र प्रशिक्षकहरु प्रत्येकलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए ।

मालदिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता भएको थियो । तर, टोली पहिलोपटक फाइनलमा प्रवेश गरेर इतिहास रच्न सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम