Logo

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवाल बर्खास्त



काठमाडौं, १ कात्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्न अनुमति दिएपछि बर्खास्त गरिएका हुन् ।

मन्त्रिपरिषदले बर्खास्तको अनुमति दिएलगत्तै उनी पदमुक्त गरिएको बुझिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिलवाल सदस्य सचिव नियुक्त भएका थिए । पछि नियमावली संशोधन गरी उनलाई पुनः नियुक्ति दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्