Logo

चीनको आर्थिक वृद्धिदर घट्यो



एजेन्सी, १ कात्तिक । चीनको आर्थिक वृद्धिदर घटेको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा झरेको छ ।

आर्थिक प्रक्षेपण गरिएभन्दा यो कम वृद्धिदर हो । यसअघिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशत पुगेको थियो ।

चीनमा ऊर्जा संकट चुलिएको छ । कोभिड १९ को संकटले पनि चीनलाई असर गरेको छ ।

ऊर्जा संकटले विश्वभर वस्तुको मूल्य वृद्धि भएको छ । यसले चीनको अर्थतन्त्रमा असर परेको छ । भारी वर्षाले कोइला खानीहरुमा बाढी पसेपछि उत्पादन ह्वात्तै घटेको छ । कोइरालाबाट ऊर्जा उत्पादनमा असर परेको छ ।-Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्