Logo

स्थानीय सरकार खारेज गर्नुपर्ने मन्त्री श्रेष्ठको प्रस्ताव (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीयता असफल भएको भनेर भन्न नमिल्ने टिप्पणी गरेका छन् । उनले अहिले संघीयता कार्यान्वयनमा नगएको बरु स्विकारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ७ सय ६१ सरकार आवश्यक नरहेको पनि टिप्पणी गरेका छन् । उनले स्थानीय सरकार हुँदा जनता मारमा परेको दाबी गरे । उनले कोअपरेटिभ फेडरलिज्मको अवधारणाअनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत ढंगले अघि बढाउनको लागि कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि बताए । उनले नेपाल विद्यमान रहेको सामन्ती प्रथा पूर्ण रुपमा अन्त्य गर्नुपर्ने पनि बताए । उनले जनताभन्दा अघि बढ्ने जीवनशैली अपनाउन नहुने पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्