Logo

ओली सरकारको पालामा नियुक्तहरु धमाधम बर्खास्त, सिलवाल, ढुंगेल र रोका पदमुक्त



काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएकाहरु धमाधम बर्खास्त गरिन थालिएका छन् । राजनीतिक नियुक्ति पाएकाहरुमाथि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कठोर कदम चाल्दै बर्खास्त गर्ने क्रमलाई गति दिएको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी रोजकार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बखास्त गरेको छ ।

तीनै जना ओलीनिकट मानिन्छन् । उनीहरुको बर्खास्तगीलाई अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्