Logo

झलनाथ खनालको उद्घोष : म च्यालेन्ज गर्छु, ईलाम क्षेत्र नम्बर १ मा मबाहेक कसैले चुनाव जित्दैन (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ईलाम क्षेत्र नम्बर १ मा आफूलाई कसैले पनि पराजित गर्न नसक्ने दाबी गरेका छन् । केपी शर्मा ओलीको हठ, जिद्दिपनलाई आफूहरुले सुधार गर्न नसकेको उनको भनाई छ ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु अन्तिमसम्मपनि एमालेको एकताकै पक्षमा रहेको पनि स्मरण गराए । आफूले अस्पतालको बेडबाट पनि अब विद्रोह गर्नुपर्छ भनेर माधव नेपाललाई भनेको पनि उनले सुनाए । उनले आफूहरुले विद्रोह गरेको पनि जिकिर गरे ।

हालै सम्पन्न नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनमा नेताहरुले बोल्नै नपाएको पनि उनको भनाई छ । उनले आफूहरुले पार्टी दर्ता गराएको एक महिनामात्रै भएको भएपनि लाखौं जनता आफूहरुको वरिपरी गोलबन्द भैसकेको पनि सुनाए । ओलीले दक्षिणपन्थी र अवसरवादी कार्यदिशा लिँदा अहिले एमाले भत्किएको उनको टिप्पणी छ ।

उनले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले एक सिट पनि जित्दैन भनेर भन्नु भनेको आत्मरतिमा रमाउनुबाहेक अरु केही पनि नभएको बताए । उनले ओलीको आत्मविश्वास समाप्त भैसकेको र आफ्नै निर्वाचन क्षेत्रमा पनि अब पराजित हुने ठोकुवा गरे । उनले ईलाम क्षेत्र नम्बर १ मा आफूबाहेक अरु कसैले पनि चुनाव नजित्ने पनि ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्