Logo

बङ्गलादेशमा धार्मिक हिंसा भड्किएपछि डेढ करोड हिन्दु असुरक्षित



एजेन्सी, २ कात्तिक । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको छ ।

बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै १० प्रतिशत हिन्दु छन् । यो डेढ करोडभन्दा बढी जनसंख्या हो । भारत र नेपालपछि बङ्गलादेश बढी हिन्दु जनसंख्या रहेको देश हो । उनीहरु पछिल्लो समय आक्रमणको तारोमा पर्न थालेका छन् ।

मन्दिरहरुमा आगजनी भएको छ । हिन्दु मन्दिर कमिटीका सदस्यहरु मारिएका छन् ।

अहिलेसम्म हिंसामा दुईजना हिन्दु धर्मालम्बी पुरुषको हत्या भएको छ । त्यहाँ मन्दिरहरु तोडफोड र आगजनी गरिएको छ ।

हिन्दुको दुर्गा पूजाको समयमा घटना भएको हो । दुर्गा पूजालाई बिथोल्न योजनावद्ध तरिकाले केही समूह सक्रिय भएको बुझिएको छ । यसमा मिडिया समेत दुरुपयोग गरिएका छन् । एक मिडियाले हिन्दु धर्मालम्बीले दुर्गा पूजाको समयमा कुरानलाई घुँडामा राखेको तस्बिर भाइरल बनाएपछि हिंसा भड्किएको थियो । आक्रोशित भीडले हिन्दु मन्दिरहरुमा आक्रमण गरेको थियो ।

२ सयको भीडले दक्षिणी शहर बेगमगन्जमा हिन्दु कमिटीका सदस्यहरुलाई कुटेर र धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । उनीहरु १० दिनको दुर्गा पूजा आयोजना गर्दै थिए ।



प्रतिक्रिया दिनुहोस्