Logo

अनुपम खेरले नाम्चेबाट फर्कदै गर्दा जब शिव प्रतिमा देखे… (भिडियोसहित)



काठमाडौं, २ कात्तिक । बलिउड कलाकार अनुपम खेरले यसपटक लामो समय नेपालमा बिताए । चलचित्र सुटिङका लागि उनी नेपाल आएर सगरमाथाको फेदीमा धेरै दिन बिताए ।

नाम्चे बजारमा बस्दा घुमघाम र चलचित्र छाँयाकनमा समय बिताए । हेलिकोप्टरबाट काठमाडौं फर्कदै गर्दा अनुपम खेरले काभ्रेको अग्लो शिव प्रतिमा देखे । उनले पाइलटलाई त्यसतर्फ हेलिकोप्टर मोड्न लगाए ।

हेलिकोप्टरले शिव प्रतिमालाई फन्को मार्यो । त्यतिञ्जेल अनुपव खेरले भिडियो बनाए । उनले ट्वीटरमा उक्त भिडियो राखेका छन् ।

ट्वीट गर्दै अनुपम खेरले लेखेका छन्ः शिवसँग सबैका लागि प्रार्थना गर्छु । ठूलो स्वरले भन्छु: ओम नम शिवाय !! जय भोलेनाथ !! नेपाल # उचाई ।



प्रतिक्रिया दिनुहोस्