Logo

थानकोटमा ट्यांकर पल्टदा राजधानी भित्रने र बाहिरिने सवारीको लाम



काठमाडौं, २ कात्तिक । थानकोटमा ग्याँस ट्यांकर पल्टँदा सडक अवरुद्ध भएको छ । अधिकांश दशैं मानेर घर फर्किएकाहरु सवार सवारी साधानको लामो लाइन लागेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

ट्यांकर पल्टदा राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्