Logo

वर्षाले ठूला नदी उर्लिए, पाकेको बाली नाश हुँदा किसान मारमा



काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ ।

महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ ।

खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव बढेको छ । पश्चिमी भू-भागहरुमा बाढीले बढी असर परेको छ । कतिपय स्थानमा पहिलो समेत गएर सडकहरु अवरुद्ध भएका छन् ।
नदीको बहाव बढेकोले कतिपय स्थानमा आवतजावतमा समेत असर परेको छ ।

भारी वर्षाले धानबालीमा असर परेको छ । यसवर्ष धान उत्पादन बढ्ने प्रक्षेपण भइरहँदा भारी वर्षाले खेतहरुमा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot