Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खुसिबुमा



काठमाडौं, २ कात्तिक । ग्लोबल आइएमई बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको खुसिबूमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस शाखा कार्यालय संचालनमा आएसँगै अब बैंकको शाखा संख्या २८१ पुगेको बैंकले जनाएको छ ।

बैंकले भर्खरै मोरङ जिल्ला सुनबर्षी नगरपालिका २, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ ।

हालसम्म बैंकले ८१ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot