Logo

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार



एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले जनाएको छ ।सिन्पोमा उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने नयाँ पनडुब्बी बनाइरहेको जनाइएको छ ।

यो नयाँ क्षेप्यास्त्र ४३० देखि ४५० किलोमिटर परसम्म उडेको स्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योन्हापले खबर दिएको छ । उत्तर र दक्षिण कोरियाबीच दैनिक बिहान ९ बजे र अपराह्न ५ बजे फोनवार्ता हुने गरेको छ । तर उत्तरले क्षेप्यास्त्र परीक्षण गरिँदै गरेको विषयमा कुनै जानकारी नदिएको दक्षिणका अधिकारीहरू बताउँछन् ।

दक्षिण कोरिया, जापान र अमेरिकी गुप्तचरको विशेष वार्तापछि उत्तर कोरियाले पुनः एक पटक क्षेप्यास्त्र प्रहार रहेको बीबीसीले लेखेको छ । उत्तर कोरियाले विगत केहि दिन देखि लामो दूरीका क्षेप्यास्त्रहरु प्ररिक्षण गरिरहेको छ । उसले परिक्षण गरिरहेको क्रम अन्तर्राष्ट्रिय कानून विपरित रहेको संयुक्त राष्ट्रसंघले आपत्ती जनाउँदै आइरहेको छ ।

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्