Logo

दक्षिणकालीमा रगताम्मै अवस्थामा एक पुरुषको शव भेटियो



काठमाडौं, २ कात्तिक । दक्षिणकाली नगरपालिका–६ कमलपोखरी नजिकै रगताम्मै अवस्थामा एक पुरुषको शव फेला परेको छ । स्थानिय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने ५० वर्षीय गोजे राईको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

राईको आज बिहान गोठकै खाटमा रगताम्मै अवस्थामा शव फेला परेको थियो । मृतक राईसँगै बस्दै आएका पासाङ शेर्पा फरार रहेको हुनाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।



प्रतिक्रिया दिनुहोस्