Logo

दिल्लीमा १८ वर्षीय युवकको बीच बाटोमै निर्ममतापूर्वक हत्या



एजेन्सी, २ कात्तिक । भारतको राजधानी दिल्लीमा एक १८ वर्षीय युवकको बीच बाटो मै हत्या गरिएको छ । उनलाई आइतबार राती संगम विहार भन्ने ठाउँमा उनकै साथीहरुले बीच बाटो मै हत्या गरेको दृश्य सीसीटिभी क्यामराले कैद गरेको थियो ।

उक्त घटनाको विषयलाई लिएर पीडित परिवारले नजिकको प्रहरी चौकीमा उजूरी दिएको छ । प्रहरी उक्त घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘उक्त घटना साथीहरुबीच घटेको हो । विवाद सुरुमा केटिको कारण भएको र पछि पैसाको कारणले चर्किएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ सीसीटिभीमा कैद भएको भिडियो तत्काल सामाजिक सञ्जालमा भाइरले भइरहेको छ । हत्या गरिएको युवक इमरान रहेको जनाइएको छ । उनी एक पसलमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस्