Logo

महाकालीमा फसेका पाँच जनाको उद्दार हेलिकप्टरबाट गरिने



धनगढी, २ कात्तिक । कञ्चनपुरको महाकाली नदी र खहरे खोलाको बीच टापुमा फसेका ५ जनालाई हेलिकप्टरबाट उद्दार गरिने भएको छ ।

भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फर्म संचालन गर्दै आएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने धनगढी प्रहरीले जनाएको छ ।

दीर्घमती खड्का, पुष्कर नायक, शान्ती नायक, अशोक नायक र बालक अजय नायक महाकाली नदी र खहरे खोलामा बाढी आउँदा टापुमा फसेका छन् ।



प्रतिक्रिया दिनुहोस्