Logo

नक्कली साँचो बनाई मोटरसाइकल चोरीमा संम्लग्न २ जना पक्राउ



पर्सा, २ कात्तिक । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् ।

सोही महानगरपालिका–१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका–१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्