Logo

कोल्डस्टोरभित्र तास खेल्ने ६ जुवाडे नगदसहित पक्राउ



काठमाडौं, २ कात्तिक । कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जना सोमबार दिउँसो पक्राउ परेका हुन् ।

उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्