Logo

किशोरी बलात्कार गर्ने युवक पक्राउ



पाल्पा, २ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्