Logo

आन्तरिक उडान प्रभावित,यात्रुहरु अलपत्र



काठमाडौं, २ कात्तिक । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् ।

तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को सुटिङमा रहेका कलाकारहरुको टिमलाई मनाङ लैजाने तालिका थियो । आज यी उडान हुन सकेनन् ।

त्यस्तै, डोल्पा, जोमसोङ, टक्सार, तुम्लिङटार लगायतको पुर्व निर्धारित उडानहरु पनि आज रद्द भएका छन् । उडान रद्द हुँदा सयौ यात्रुहरु एयरपोर्टमै अलपत्र परेका छन् ।  File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot