Logo

माईतीघरमा धर्ना बसेका महिलाहरुको मागमा ऐक्यबद्धता जनाउन पुगे महिला आयोग र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षहरु (फोटोफिचर)



काठमाडौं, २ कार्तिक । न्यायको गुहार माग्दै माईतीघर मण्डलामा धर्नामा बसेका नेपालगन्जका महिलाहरुको मागलाई समर्थन गर्दै महिला आयोगकी अध्यक्ष कमला पराजुली, सदस्यहरु कृष्णकुमारी पौडेल (खतिवडा), जया घिमिरे, सावित्रा शर्मा र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी धर्नास्थलमा पुगेर एक्यबद्धता जनाएका छन् । महिलाहरु राष्ट्रिय महिला अधिकार मञ्च, बाँकेको आयोजनामा धर्नामा छन् ।

उनीहरुले घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोबी हत्यका दोषीहरु तथा विद्यवा महिला निर्मला कुर्मी हत्याका सबै दोषीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस, बाँके जिल्ला जि.प्र.का.का एसपी श्यामकृष्णा अधिकारी तथा डि.एस.पी. मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गरियोस भन्ने माग अघि सारेका छन् । उनीहरुले राखेको ब्यानरमा ‘अपहरण, शरिर बन्धक, कर्तव्य ज्यान गरि मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार’ लेखिएको छ । न्याय माग्दै ती महिलाहरु नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा आएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot