Logo

च्याम्पियन्स लिग: रियल र शाख्तर भिड्दै



एजेन्सी, २ कात्तिक। रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणको खेलमा आज (मंगलबार) शाख्तर डोनेस्कको सामना गर्दैछ । नेपाली समयअनुसार खेल  आज राति १२:४५ बजे बाट सुरु हुने जनाइएको छ । एन्सेलोटीका इडन हाजार्ड प्रशिक्षणमा फर्केका छन् । फ्रान्सविरुद्ध द नेसन्स लिग खेल्दा हाजार्ड घाइते भएका थिए ।

शाख्तरले च्याम्पियन्स लिगको पछिल्लो दुवै भिडन्तमा रियललाई पराजित गरेको थियो । यसपटक भने दुवै टोली फरक स्थितिमा छन् । रियलको २ खेलमा ३ अंक छ भने शाख्तरको १ अंक मात्र छ । समूहको शीर्षस्थानमा शेरिफले ६ अंक जोड्दा तेस्रो स्थानको इन्टरको १ अंक छ । ला लिगामा ८ खेलमा रियलले ५ जित २ बराबर र १ हारका साथ १७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्