Logo

पूर्वमा भारी वर्षासँगै बाढीको खतरा



विराटनगर, २ कात्तिक । देशको पूर्वी भागमा भारी वर्षा भएको छ । सोमबार राति र आज विहान गरी भारी वर्षा भएको छ ।

नेपाल बाढी सूचनाले पूर्वी तराईका अधिकांश क्षेत्रमा पछिल्लो ६ घन्टा भारी वर्षा भएकोले नदी क्षेत्रमा बाढीको खतरा बढेको जानकारी दिएको छ । नदीहरुमा आकस्मिक बहाव हुनसक्दै भन्दै सतर्कता अपनाउन भनेको छ ।

इलाम, झापालगायतका स्थानहरुमा गत २४ घन्टामा भारी वर्षा भएकोले कन्काई नदी र आसपासका सहायक नदीहरुमा बहाव बढेको छ ।

भारी वर्षाले धानबालीमा क्षति पुगेको छ । किसानहरु मारमा परेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्