Logo

रुसले तालिवानलाई मान्यता नदिने



एजेन्सी, २ कात्तिक । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

रुसी समाचार संस्था तासका अनुसार लाभरोभले तालिवानलाई औपचारिक मान्यता दिनेबारे कुनै सोच नबनाएको बताएका छन् । उनले त्यसबारे कुनै छलफल समेत नभएको स्पष्ट पारेका छन् ।
तर, रुसले तालिवानसँग सम्पर्क भने बनाइरहेको खुलाएको छ । तालिवानले आफ्ना प्रतिवद्धताहरु पूरा गर्ने आशा समेत व्यक्त गरे ।

अफगानिस्तानमा रुसको प्रभाव रहँदै आएको छ । तर, तालिवानसँग रुसको सम्बन्ध राम्रो छैन । पछिल्लो समयमा भने रुसले तालिवानसँग सम्पर्क बढाएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्