Logo

प्रधानमन्त्री देउवाले पहिलो भ्रमण बेलायत गर्दैमा भारतसँग सम्बन्ध बिग्रिँदैन : दीपकुमार उपाध्याय (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतबीच सम्बन्धको विरासत रहेको भन्दै दुई देशबीचको सम्बन्धमा समस्यापनि रहेको टिप्पणी गरेका छन् । उनले नेपाल र भारत दुवै देशका सरकारले पत्याएका बुद्धिजिवीहरु बसेको ईपिजीले तयार पारेको प्रतिवेदन ग्रहण नगरिएकोमा गुनासो पोखे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यो पनि सफल र परिपक्व कुटनीति नभएको बताए । उनले यो नेपाल र भारत दुवैको असफलता भएको जिकिर गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा नगई पहिलो विदेश भ्रमणको लागि बेलायत जान लाग्नुलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाई छ । उनले प्रधानमन्त्री देउवा पहिलो भ्रमणको लागि बेलायत जाँदैमा भारतसँग सम्बन्ध नबिग्रिने पनि विश्वास दिलाए ।

उनले कुटनीतिमा घडीको सुई हल्लिएजस्तो गर्नु घातक हुने पनि टिप्पणी गरे । नेपाल र भारतको सम्बन्धलाई अरुको जस्तो सतही हिसाबले लिन नहुने पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्