Logo

पहाड र तराईमा वर्षा, हिमालमा हिमपात



काठमाडौं, ३ कात्तिक । आज पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का थोरै र प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिम वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस्