Logo

अमेरिकामा नेपालीको गोली हानी हत्या



अमेरिका, ३ कात्तिक । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो ।

हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्ष अघि अमेरिका आएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

चोरीको प्रतिकार गर्न खोज्दा उनीमाथि गोली प्रहार भएको हुनसक्ने बुझिएको छ । लालकिशोर महासेठ मधेशी एशोशिएसन इन अमेरिकाका संस्थापक सदस्इ तथा न्यू इंग्ल्यान्ड च्याप्टरका पूर्व अध्यक्ष थिए । उनका पत्नी सुनिता साह, छोराहरु अभिषेक र आयुष तथा छोरी अञ्जली महासेठ छन् ।

 



प्रतिक्रिया दिनुहोस्