Logo

च्याम्पियन्स लिगः डर्टमण्डको लज्जास्पद हार



काठमाडौं, ३ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा डच क्लब आयाक्ससँग डर्टमण्डले ४–० को हार ब्यहोरेको हो ।

घरेलु मैदानमा भएको खेलमा ११औं मिनेटमा मार्को रिउसको आत्मघाती गोलबाट आयाक्सले सुरुआती अग्रता लिएको थियो । यस्तै खेलको २५औं मिनेटमा डेली ब्लाइन्डले गोल गर्दै आयाक्सलाई २–० को अग्रता दिलाए ।

५७औं मिनेटमा एन्टोनीले गोल गरेपछि खेल ३–० को अवस्थामा पुगेको थियो । साथै खेलको ७२औं मिनेटमा सेबास्टियन हालेरले गोल गर्दै आयाक्सलाई ४–० को शानदार जित दिलाए । समूह ‘सी’ को शीर्ष स्थानमा रहेको आयाक्सले ३ खेलमा ३ जित निकाल्दै ९ अंक जोडेको छ भने डर्टमण्ड ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्