Logo

टी–ट्वान्टी विश्वकपः बंगलादेशको पहिलो जित, ओमान २६ रनले पराजित



काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित निकालेको छ । हिजो (मंगलबार) राति ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ओमानलाई २६ रनले हराउदै गर्दै बंगलादेशले पहिलो जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए भने कश्यप प्रजापतिले २१ रन जोडे । यस्तै कप्तान जिसन मक्सुदले १२ रन मात्र बनाउन सके । मोहमद नादिम १४ रन जोड्दा अविजित रहे । बंगलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक ४ विकेट लिए ।

साथै, शाकिब अल हसनले ३ विकेट लिए भने मोहमद सैफुदीन र मेहदी हसनले १÷१ विकेट लिए । बंगलादेशका लागि मोहमद नाइमले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ्स खेले भने शकिब अल हसनले ४२ रन जोडे । यस्तै कप्तान महमुदउल्लाहले १७ रन बनाए । ओमानका बिलाल खान र फायज बटले समान ३÷३ विकेट लिए भने कालिमउल्लाहले २ विकेट लिए । यस जितसँगै समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । साथै, पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको ओमानले पनि २ खेलमा २ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्