Logo

ब्याजदर सम्बन्धि नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन



काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर सम्बन्धि एक परिपत्र जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले यस्तो परिपत्र जारी गरेको हो ।

बैंकको नयाँ निर्देशन पछि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप प्रदान गर्ने ब्याजदर अघिल्लो महिनामा प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउनेछन् ।

त्यस्तै, सर्वसाधारणलाई प्रदान गरिने मुद्दती निक्षेपमा अधिकतम ब्याजदर भन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम हुनुपर्नेछ । यसको साथै कात्तिक ३ गतेभित्र ब्याजदरमा संशोधन गरी आफ्नो वेवसाइटमा सार्वजनिक गरी आजकै मितिबाट लागु गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्