Logo

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटः आज दुई खेल हुँदै



काठमाडौं, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेल हुँदैछन् । युएई र ओमानमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुनेछन् ।

यूएईको शेख जायद स्टेडियममा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नामिबिया श्रीलंकासँग पराजित भएको थियो भने नेदरल्यान्ड्स आयरल्यान्डसँग पराजित भएको थियो । आज दुबै टोली पहिलो जितको खोजीमा रहने छन् ।

साथै, आजै हुने दोस्रो खेलमा श्रीलंका र आयरल्यान्ड भिड्दै छन् । यस खेल पनि शेख जायद स्टेडियममै हुनेछ । खेल राति ७ः४५ बजे सुरु हुनेछ । श्रीलंका र आयरल्यान्डले यस अघि एक÷एक जित निकालि सकेका छन् । समूह ‘ए’का दुई खेलबाट जित निकाल्ने दुई टोली सुपर १२ मा प्रवेश गर्नेछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्