Logo

बाढीपहिरोले देशभर ३१ को मृत्यु, ४३ वेपत्ता



काठमाडौं, ३ कात्तिक । बेमसौमी वर्षाले देशका अधिकांश भूभागमा विपत्ति निम्त्याएको छ । देशभर ३१ जनाको मृत्यु हुनाको साथै ४३ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिममा १८ जनाको मृत्यु भएको छ । प्रदेश १ र सुदूरपश्चिममा बढी जनधनको क्षति भएको छ ।

इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसरीमा २, कालिकोट र डडेलधुरामा ११ को मृत्यु भएको हो । पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ र कैललीमा ४ जना गरी ४३ जना वेपत्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस्