Logo

सिरियाको राजधानी दमास्कसमा बम विस्फोट, १३ को मृत्यु



एजेन्सी, ३ कात्तिक। सिरियाको राजधानी दमास्कसस्थित एक सैनिक बसमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको साना न्युज एजेन्सीले लेखेको छ । हाफिज अल असद पुलमा सैनिक बस रहेको बेला दुई विस्फोटक उपकरणहरु विस्फोट भएको जनाइएको छ ।

दुई विस्फोटपछि, तेश्रो विस्फोटक पदार्थलाई सेनाले निष्क्रीय पारेको थियो । विस्फोटमा १३ को मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जनाइएको छ।

मुख्य बस स्थानान्तरण बिन्दुमा भएको यो हमलाको जिम्मेवारी कसैले लिएको छैन । यस्तै प्रकारको दुर्घटना राजधानीमा सन् २०१८ मा भएको थियो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्