Logo

चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तोकियो



काठमाडौं, ३ कात्तिक । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तोकिएको छ ।

चलचित्र पत्रकार संघको दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा निर्देशक आचार्यले प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्र आगामी पुस ९ गते प्रदर्शन गरिने बताइएको छ ।

कोरोना भाइरसले दिक्क भएका नेपाली दर्शकलाई फ्रेस बनाउन आफ्नो चलचित्रले काम गर्ने उनको दाबी थियो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन अब लगातार चलचित्र रिलिजको विकल्प नभएको निर्देशक आचार्यले बताए ।

नेपाली सामाजको कथालाई चलचित्रमा कमेडीरुपमा प्रस्तुत गरिएको छ । चलचित्रमा रविन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय देख्न सकिन्छ ।

राहुल राईको छायाँकन रहेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका छन् । निर्देशक आचार्य र रीना ढकाल (भण्डारी) निर्माता र विमला भुसाल, राजेन्द्र खाती एवं शिव थापा सह–निर्माता रहेको चलचित्रको बितरण डिसिएनले गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्