Logo

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौँ, ३ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लगातारको वर्षा पछिको बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बस्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

बैठकमा बाढीपहिरोले देशभर पुर्याएको क्षतिका विषयमा केन्द्रित भई छलफल हुने बुझिएको छ । पीडितलाई उद्धार, राहत र पुनःस्थापना लगायतका विषय सरकारले विशेष निर्णय गर्नेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्