Logo

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु



३ कात्तिक : भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल बर्षा र बाढी आएको बताइएको छ ।

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल बर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । त्यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा बर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्